काठमाडौं- चौधरी ग्रुपले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट बजारमा ल्याएसँगै अन्य प्रतिस्पर्धी कम्पनीमाथि मूल्य घटाउन र क्षमता बढाउन दबाब परेको छ । तुलान्त्मक रुपमा अरुभन्दा सस्तो र स्पीड भएको नेट आउन थालेपछि अन्य सेवा प्रवाह गर्ने कम्पनीलाई तनाव भएको छ ।
CG को नेट आएपछि अहिले अन्य कम्पनीहरुले स्पीड बढाउने र मूल्य घटाउने प्रतिस्पर्धा गरिरहेका छन् ।
वर्ल्डलिङ्कले ७९९ रुपैयाँमा आईपीटिभीसहित सस्तो इन्टरनेट प्याकेज बजारमा ल्यायो । लगत्तै क्लासिक टेकले त्यसलाई काउन्टर दिँदै ७९९ रुपैयाँमै २० एमबीपीएस इन्टरनेटसहित आईपी टिभी सार्वजनिक गर्यो । त्यस्तै भायनेटले नेपालमै पहिलो पटक १०० एमबीपीएस गतिको इन्टरनेट (तीन वटा भायटिभी सहितको वार्षिक प्याकेज २१ हजार ६०० रुपैयाँमा) अफर सार्वजनिक गर्यो ।
बजारमा आफूलाई अब्बल देखाउने सिजीले भने एक कदम अगाडि बढ्दै गएको १८ जेठमा चल्तिको मूल्यभन्दा आधा सस्तोमा थप स्पिड सहित १२० एमबीपीएस गतिको इन्टरनेट ल्यायो । सिजीको इन्ट्रीसँगै इन्टरनेट बजारले नयाँ दिशा समातेको छ ।
चौधरी ग्रुपले एक हजारमा १२० एमबीपीएस स्पीडको गतिमा नेट दिने घोषणा गरेको थियो भने अहिले आक्रामक ग्राहक विस्तार गरिरहेको छ ।