• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • बिज्ञान -प्रबिधि ,
  • मुख्य खबर ,
  • समाचार

सिजीको सस्तो नेट जोड्न चाहनुहुन्छ ? यी ठाउँमा सुरु भयो सेवा

काठमाडौ – केही दिन अघि इन्टरनेट व्यवसायमा प्रवेश गरेको CG नेटले आक्रमक ग्राहक बनाइरहेको छ ।

अहिले चल्तीमा रहेका इन्टरनेट भन्दा सस्तो र उच्च गतिको समेत भएका कारण धेरैले यो नेटमा आफ्नो चासो देखेका छन् ।

अहिले सस्तो नेट दिनेमा CG र डिस होमले दिँदै आएका छन् । डिस होम अघिल्लो वर्षदेखि ईन्टरनेट व्यवसायमा प्रवेश गरेको हो । उसले २३३ रुपैयाँमै इन्टरनेट दिने आकर्षक योजना ल्याएको छ ।

त्यस्तै वार्षिक १२ हजारमा (कर बाहेक) १२० एमबीपीएस गतिको इन्टनेट दिने गरी चौधरी ग्रुपले आफ्नो व्यवसाय सुरु गरेको छ । अहिले उसको सेवा सबै ठाऊमा भने उपलब्ध छैन ।

कम्पनीका अनुसार हाल जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङराेड) र पुल्चाेकका बासिन्दाले इन्टरनेट सेवा लिन सक्छन् । उपभोक्ताका घरमा कम्पनीको सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया