केमिकल कारखानामा आगलागी हुँदा १८ मजदूरको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्र राज्यको पुणे शहरस्थित एक केमिकल कारखानामा आगलागी हुँदा कम्तिमा १८ जना मजदूरको मृत्यु भएको छ । सोमबार साँझ लागेको भीषण आगलागीमा परेर मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

बीबीसीका अनुसार आगलागी सुरु हुँदा सो कारखानामा ३७ मजदूर काम गरिरहेका थिए । भारतको फायर ब्रिगेड विभागका अनुसार अन्य बेपत्ता मजदुरहरुको खोजी जारी रहेको छ । फसेका मजदुरहरुलाई बचाउन अहिले कारखानाको पर्खाल जेसीबीले भत्काउने काम भैरहेको जनाइएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

प्रतिक्रिया