काठमाण्डौ । नेपाल भरिका स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान)ले रेडियो उत्कृष्ट रेडियो सञ्चालकहरुलाई दिने गरि पुरस्कार स्थापन गर्ने भएको छ ।
संस्थाको आइतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकले प्रारम्भमा संस्थाको तर्फबाट ५ लाख राख्ने गरि न्यौपानको स्मृतिमा पुरस्कार राशिको स्थापना गर्ने निर्णय गरेको संस्थाकी महासचिव दुर्गा अधिकारीले जानकारी दिनु भयो ।
नेपाल भरिका २ सय ६० भन्दा धेरै सदस्य रहेको सो संस्थाले पुरस्कार राशिलाई आगामी दिनमा अझ थप्दै लैजाने र कार्य विधि बनाएर वितरण गरिने जानकारी अधिकारीले दिनु भयो ।
संस्थाका बर्तमान अध्यक्ष चन्द्र प्रसाद न्यौपानको जेठ १४ गते ४९ बर्षको उमेरमा कोरोनाले ज्यान गएको थियो । उनको निधन पछि बसेको पहिलो केन्द्रिय कार्यसमितिको बैठक उहाँप्रति श्रद्धाञ्जली समेत ब्यक्त गरेको थियो ।
समिति गठन गरेर अक्षयकोषको रकम थप गर्दै लैजाने तथा वितरण मापदण्ड समेत बनाइने संस्थाले जनाएको छ । न्यौपानको १३ औं दिनको पुण्य तिथि जेठ २६ गते संस्थाले श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको महासचिव अधिकारीले जानकारी दिनु भयो ।