फेरि नयाँ आइपीओ निष्कासन गर्ने कम्पनी थपियो,कति कित्ता आउँदै छ ?

काठमाडौं - नेपालमा ६ अर्ब हाराहारीमा नयाँ आइपीओ आउने पाइपलाइनमा छ । यो वर्ष मात्र दर्जन बढी कम्पनीले आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् । 

 

फेरी एक नयाँ जलविद्युत कम्पनीले आईपीओ जारी गर्ने भएको छ । सुपर मादी हाईड्रोपावर कम्पनीले सर्वसाधारणलाई ३१ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्नको लागिप्रत्याभूतिकर्तामा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । 

 

क्यापिटललाई आइतबार प्रत्याभूतिकर्तामा नियुक्त गरेको हो । सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । 

 

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको छ । स्वीकृति पश्चात नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गर्ने कम्पनीका कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगानाले जानकारी गराए ।  

प्रतिक्रिया