काठमाडौं । काठमाण्डौबाट विराटनगरको लागि उडेको बुद्ध एयरको जहाजलाई पाइलटले सुरक्षित अवतरण गर्न सफल भएका छन ।
ल्यान्डीङ गेयर खुलेको यकिन नभएपछि जहाजलाई विराटनगरबाट काठमाण्डौ ल्याइएको थियो तर यहाँ पनि सफल अवतरण हुन नसकेपछि आकासमै लामो समय घुमाइएको थियो । फोर्स ल्याण्ड गर्नको लागि इन्धन सक्ने हिसावले जहाज यसरी उडाउने चलन छ । सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना थिए ।
सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए ।उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।
अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ(बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।जहाजले आकाशमा धेरैबेर फन्को लगाइरहनुको कारणबारे विमानस्थलका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा जहाजको इन्धन कम गराउनु पर्ने हुन्छ ।
त्यतिन्जेलसम्म विमानस्थलले आकस्मिक अवस्थामा चाहिने तयारी पूरा गर्छ । दमकल, एम्बुलेन्सदेखि अन्य सुरक्षाका सबै तयारी पूरा गरिन्छ ।’