साउन । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा अहिले दैनिक एक सय पाँच वटा विभिन्न प्रकारका उद्योग सञ्चालित छन् ।
उक्त औद्योगिक क्षेत्रमा स्थापना भएको हेटौँडा कपडा उद्योगसहित नौ वटा उद्योग आर्थिक सङ्कटको कारणबाट केही वर्षअघिदेखि बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ ।
सो क्षेत्रको परिसरभित्र विभिन्न प्रकारका गरी १९ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । ती उद्योगमध्ये सात वटा उद्योगले आगामी चैत मसान्तभित्रै आ–आफ्नो उत्पादन सुरु गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिएको औद्योगिक क्षेत्र व्यवस्थापनले जनाएको छ ।