कस्तो इमान्दार चालक - जसले गाडीका छुटेको ७ लाख फिर्ता गरे

काठमाडौं - मानिसले बैमानी गरिरहेको खबरले निकै दुःख लाग्छ । तर यही देशमै यस्ता इमान्दार मान्छे पनि छ जो सबैको लागि उदाहरणीय बनेका छन् । 

दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् । घोराही उप–महानगरपालिका १५ का राजकुमार बुढामगरले बैंकबाट पैसा झिकेर घर जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा ७ लाख रुपैयाँ छाडेका थिए ।

छुटेको रकम अटो चालक घोराही १५ बस्ने विष्णु रोकामगरले फिर्ता गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झबिन्द्र परियारको रोहबरमा छुटेको रकम सम्बन्धित धनीलाई बुझाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय