अमेरिकाले नेपाललाई कोरोना विरुद्धको खोप दिने

काठमाण्डौ – सरकारको अनुरोध पछि अमेरिकी सरकारले नेपाललाई खोप दिने घोषणा गरेको छ ।

नेपाल लगाएत अन्य १६ देशलाई पनि खोप दिने अमेरिकाको तयारी छ ।

यद्यपी कुन खोप र कति परिमाणमा दिने भन्नेबारे खुलाइएको छैन । भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने ह्वाइट हाउसले वेवसाइट मार्फत जानकारी दिएको छ ।

भारतले खोप निर्यातमा प्रतिबन्द लगाएपछि एसियाली देशले खोप अभाव बेहोर्न परिरहेको छ ।

प्रतिक्रिया