कोरोना मीटर – संक्रमण दर ३१ प्रतिशतमा झर्यो,निरन्तर सङ्क्रमित भन्दा निको हुने धेरै

काठमाडौं – नेपालमा कोरोना सङ्क्रमण दर निरन्तर ओरालो लाग्दै गइरहेको देखिएको छ ।

आज ५ हजार ३१६ जनालाई संक्रमण पुष्टि भएको छ । आज संक्रमणदर ३१.५ प्रतिशत रहेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् भने १०१ संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ७९ हजार हजार ६५९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६१ हजार ५६३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ५५५ जनाको मृत्यु भएको छ अहिले १ लाख १ हजार ९९३ जना संक्रमित आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८०५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेनबाट परीक्षण भएको छ ।

प्रतिक्रिया