बागलुङ : कांग्रेस नेता दोर्ण कुमार कुवँरको पहलमा विभिन्न सहयोगी दाताहरुद्धारा पठाइएको र आफनो व्यक्तिगत रुपमा खरिद गरिएको स्वास्थ्य सामग्री बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरेका छन् । नेता कुँवर आफै पनि संक्रमित भएका थिए । कोरोना संक्रमण मुक्त हुँदै कुवँरको पहलमा ढोरपाटन नगरपालिका ५ अधिकारीचौरमा जन्मनु भएका पूर्व न्यायाधिश दयानाथ खरेल र उनकी श्रीमती सरिता खरेलद्धारा १ थान र कोरीया र सिंगापुरमा रहेका असिम घर्ति,
विर बहादुर गुरुङ, खडक कुवँर, राम बहादुर छन्त्यालद्वारा १ थान गरी दुई थान वेड साईड मोनिटर, तथा नेता कुमार कुवँरद्वारा व्यक्तिगत खर्चमा ७५ थान भिटिएम र ५० थान एन्टिजेन गरी कुल चार लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको नेता कुवँरले जानकारी दिए । ३ लाख रुपैयाँ मुल्य बराबरको दुई थान वेड साईड मोनिटर मेशिन र १ लाख रुपैयाँ बराबरको भिटिएम र एन्टिजेन्ट हस्तान्त्रण गरिएको कुवँरले बताए । ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा बुर्तिबाङ
प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर भण्डारी र स्वास्थ्यकर्मीको उपस्थितीमा उक्त सामाग्री काँग्रेस नेता कुवँर र नेता जित शेरचनले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरेका हुन् । स्वास्थ्य सामग्री हस्तान्त्रण गर्दै नेता कुवँरले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका लागि अति आवश्यक रहेको वेड साईड मोनिटर मेशिन उपलब्ध गराउने सहयोगि दाताहरुलाई धन्यबाद दिँदै कोभिड १९ को महामारीमा आफु समेत संक्रमित भएको र जनताको स्वास्थ्य अवस्थालाई
मध्यनजर राख्दै विभिन्न सहयोगि दाताबाट र व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको बताए । व्यक्तिगत खर्चमा निसीखोला र ढोरपाटन नगरपालिकाका गरी १ सय ३१ जना नागरिकको पिसीआर गराएको र बागलुङ क्षेत्र नम्बर २ का ६ वटै पालिकामा गरी ६ सय थान भिटिएम किट उपलब्ध गराइसकेको बताए । संक्रमण रोकथाम गर्नका लागि र विरामीको सहज रुपमा उपचारका निम्ती सबैले सक्दो सहयोग गनुपर्ने बताए ।स्थानीय सरकारले थप सक्रियता देखाउनु पर्ने बेला भएको
भन्दै नेता कुवँरले अझै पिसीआरको दायरा बढाउनु पर्ने, स्वास्थ्य सामग्री व्यवस्थापन लगाएतका गतिबिधीाई तीव्रता दिनु पर्ने बताए । सबैसँग सहकार्य गरेर मात्रै महामारीको सामना गर्न सकिने भन्दै स्थानय सरकारले सबै दल, बुद्धिजिबी लागयतलाई समेटेर लाग्नु पर्नेमा जोड दिए । वडा अध्यक्ष चित्र बहादुर भण्डारीले अभियान कर्ता काँग्रेस नेता दोर्ण कुमार कुवँरसहित सहयोगी दातालाई धन्यबाद ज्ञापन दिए । विषम परिस्थीतिमा सबैले हातेमालो गर्नु पर्ने उनको भनाई छ ।