काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा पहिलो दिन मै ४० करोड रुपैयाँ संकलन भएको छ ।
सिडिएस एण्ड क्लियरिङको अनुसार आज (असार २० गते) साँझ ५ बजेसम्म ३ लाख ४१ हजार ८३५ जना आवेदनबाट ४० लाख ९ हजार ७९० कित्ता बराबरको ४० करोड ९ लाख ७९ हजार रुपैयाँको आवेदन परेको हो । जुन माग भन्दा २.२० गुण बढी हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिनसक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार २३ गते र ढिलोमा साउन २ गतेसम्म आवेदन सकिनेछ ।
कम्पनीले असार २० गते, सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । चुक्ता पूँजीको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी १८ लाख २० हजार ४७५ कित्ता शेयर सर्वसाधारण गानीकर्ताका लागि छुट्याइएको छ ।