• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रिओपन सेसन – ८६ कम्पनीको शेयर खरिद विक्रि हुँदा १४ अंकले बढ्यो नेप्से

काठमाण्डौ । साताको दोस्रो दिन सोमबार प्रिओपन सेसनमा नेप्से १४ अंकले बढेको छ । यो सँगै २८४२ विन्दुको उच्च रेकर्डमा बजार पुग्न सफल भएको छ ।

यो सेसनमा आज ८६ कम्पनीहरुको शेयर कारोबार भएकोमा अधिकाशंको शेयर मूल्य बढेपछि नेप्से पनि बढेको हो । कारोबार भएका मध्य ६२ कम्पनीको शेयर मुल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ त्यस्तै ११ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।

यो सेसनमा १ करोड ६४ लाख भन्दा धेरैको कारोबार हुँदा रिणी जलविद्युतको सबैभन्दा धेरै शेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया