• गृहपृष्ठ /
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

भारतमा संक्रमण घट्दै गएपछि भोलिदेखि लक डाउन हटाउँदै लगिने

काठमाण्डौ – कोरोना महामारीको चपेटामा परेको भारतले अहिले भने राहतको सांस फेरेको छ ।

दैनिक सङ्क्रमण ४ लाख १६ हजार सम्म पुगेको भारतमा पछिल्लो २४ घण्टामा त्यो संख्या घटेर १ लाख ५३ हजारमा आएको छ ।

यो अवधिमा भारतमा ज्यान गुमाउनेको संख्या पनि घटेर ३१ सय आसपास आएको छ । भारतमा आज धेरै ठाउँमा लक डाउनको अवधि सकिँदै छ । अब भने बिस्तारै unlock इंडिया को रुपमा केही सहज बनाउँदै लगिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

९० प्रतिशत भन्दा धेरै निको हुने दर रहेको भारतमा सङ्क्रमण दर समेत धेरै ठाउँमा ५ प्रतिशत तल आएको छ ।

प्रतिक्रिया