नेपाल टेलिकमको खुद नाफा ७ अर्व ३३ करोड पुग्यो

काठमाडौं - नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्व ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताए।

उनले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि स्पष्ट पारे। ‘अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट ५ अर्व ८० करोड, वायरलेस सेवाबाट ३ अर्व ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्व २१ करोड र ७ अर्व १३ करोड कायम गर्न कम्पनी सफल भएको छ’, अध्यक्ष अर्यालले भने, ‘कोभिड १९ को कारणले भ्वाईस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरुले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ।’

टेलिकमले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने भएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय