काठमाडौं–सरकारले आगामि आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै शेयर बजारमा यसको प्रभाव कस्तो पर्ला भन्ने अनुमानकाबीच सकरात्मक प्रभाव देखिएको छ । शेयर बजारमा हरियाली छाएको छ ।
शेयर बजारमा १६ अर्व ८४ करोडको किर्तिमानी कारोबार भएको छ । आज धेरै कारोबार हुने कम्पनीमा जलविद्युत कम्पनी रहेका छन् ।
सबैभन्दा धेरै नेशनल हाईड्रोपावरकोे सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण काबेली हाईड्रोपावरको ४६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, युनाईटेड मोदी हाईड्रोपावर , वुटवल पावर, अपी पावर, चिलिमे हाईड्रोपावर, सानिमा माई हाईड्रोपावर, एचडिएचपीसी, रसुवागढी हाईड्रोपावर,एशियन लाइफको सर्वाधिक कारोबार भएको छ ।