• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बजेटलाई शेयर बजारको हरियो कार्पेट,कारोबार रकम १७ अर्वमाथि पुगेपछि बन्यो नयाँ किर्तिमान

काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटलाई नेपाली शेयर बजारले हरियो कार्पेटले स्वागत गरेको छ ।

साताको पहिलो दिन आइतबार नेप्सेमा कारोबार रकमको किर्तिमानी बनेको छ । यस अघि बनेको १४ अर्व ७७ करोडको उच्च कारोबार आज ब्रेक भएको हो । आज १७ अर्व माथिको किर्तिमानी कारोबार भएको छ ।

आइतबार दिनैभरिमा २१९ कम्पनीहरुको कारोबार भएको थियो । लद्युवित्तको उपसूचक बाहेक सबे उपसूचकमा आज हरियो पोतिएको छ भने आज ९९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । त्यस्तै ३ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

१२ अंक भन्दा धेरैले बढेको बजारमा कारोबार भने आक्रामक भएको छ । नेश्नल जलविद्युतको सबैभन्दा धेरैका कारोबार भएको छ । आज जलविद्युतका शेयर मूल्यमा उछाल आएको छ ।

करिव २ दर्जन हाराहारी कम्पनीको सर्किट लेवलमा कारोबार हुँदा एक ला ७१ हजार भन्दा धेरैपटक शेयर खरिदविक्री भएको छ । आज पनि लद्युवित्तको शेयर मूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया