काठमाण्डौ – केहि दिन देखि कोरोनासँग लडिरहेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था अझै जटिल भएको उहाँका परिवारले बताएका छन् ।
आइतबार एक विज्ञेप्तीमार्फत परिवारले सो कुराको जानकारी दिएको हो ।
उहाँको हाल नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अहिले अस्पतालमा ईसीएमओ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उहाँको उपचार भैरहेको भएतापनि अवस्था जटिल हुँदै गएको बिज्ञप्तिमा जनाइएको छ ।
उहाँको यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । तर उहाँको स्वस्थ्यमा कुनै सुधार नआएपछि मडिसिटीमा लगिएको थियो ।