दुर्गा प्रसाइँको सहयोग उज्वल थापाका परिवारद्वारा अस्वीकार

काठमाडौं–विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको उपचारमा विएण्डबी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले गर्ने भनेको सहयोग परिवारले अस्वीकार गरेको छ ।

दुर्गा प्रसाईँले देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गर्दै थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने जनाएको छ । प्रसाईँले शनिवार एक विज्ञप्ति प्रकाशित गरी थापाको उपचार व्यहोर्ने घोषणा गरेका थिए ।
थापाको परिवारजनका तर्फबाट शनिबार विज्ञप्ति जारी मेडिकल व्यवसायी दुर्गा प्रसाईँले उपचारका लागि गर्ने भनेको सहयोग आवश्यक नपर्ने जनाएको हो ।

विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका छन् ।
थापाको उपचारमा गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया