बुधबार एक अंकले पनि बढ्न सकेन नेप्से,कुलमान आएको खवरले जलविद्युतमा झुम्मिए लगानीकर्ता

काठमाण्डौ । बुधबार सेयर बजार सामान्य अंकले बढेर बजार बन्द भएको छ ।  ।  नेप्से परिसूचक झिनो अंकले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

 बुधबार नेप्से परिसूचक ३१६२।४० विन्दुमा पुगेको छ । यो बन्द हुँदाको हालसम्मकै उच्च विन्दु हो । इन्ट्रा डे कारोबारमा भने नेप्से ३१९७ विन्दुमा पुगीसकेको छ । 

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०।७६ अंकले बढेर ३१६२।४० विन्दुमा पुगेको छ । नेप्से ०।०२ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक भने २।४७ अंकले घटेर ५८५।६२ विन्दुमा झरेको छ ।

मंगलबार २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कूल १३ उपसमूहमध्ये ३ उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकी ८ कम्पनीको सेयरमूल्य घटेको छ । आज हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

प्रतिक्रिया