काठमाण्डौ – उच्च दबाबको अक्सीजन दिनु पर्ने बिरामीलाई अक्सिजन अभाव भएपछि कास्कीमा एकै दिन ६ जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार अक्सिजन नपाएर सुत्केरीसहित ६ जनाको मृत्यु भएको थियो ।
ज्यान जानेमा सुत्केरी महिला समेत रहेकी छन् । अक्सिजन अभाव नभएको भन्दै गफ दिने सरकारले आबस्यक अक्सिजन उपलब्ध गराउन सकिरहेको छन् । तनहुँका ३ जना, म्याग्दी, पर्वत र स्याङ्जाका १-१ जना गरी ६ जनाको ज्यान गएको हो ।
उपचारमा अत्यावश्यक अक्सिजन अभाव भएर बिरामीको ज्यान जानु देशमा सरकार छैन भन्नु जस्तो हो – नेपाली कांग्रेसले सरकारको आलोचना गर्दै भनेको छ ।
सरकारको यो गल्तीलाई धेरैले सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् । केही दिन अघि राप्ती अस्पतालमा स्वास्थ्य कर्मिमाथि कुटपीट भएको घटनाले सबैलाई चिन्तित बनाइरहेको बेला बिरामीको अक्सिजन नपाएर ज्यान गाउनाएका छन् ।