पुरुष क्रिकेट खेलाडीले मासिक एक लाख सम्म तलब पाउने

काठमाडौँ । पछिल्लो समय नेपाली क्रिकेटको चर्चा चुलिएको छ । फुटबल खेलाडीहरु धमाधम पलायन भइरहेका बेला यो क्षेत्रमा पनि त्यो रोग आँउछ कि भन्ने धेरैको चिन्ता थियो कारण हो,तलव र अन्य सुविधा । तर नेपाल क्रिकेट संघले खेलाडीहरूको जिविको पार्जन हुने गरि तलव निर्धारण गरेको छ । 

अब पुरुष पुरुष खेलाडीको हकमा मासिक पारिश्रमिक एक लाख पुर्याएको छ। महिला खेलाडीको हकमा भने मासिक ५० हजार तोकेको छ।

फागुन १२ देखि १४ गतेसम्म चलेको केन्द्रीय समितिको बैठकले ग्रेड ए मा परेका खेलाडीहरूको हकमा मासिक पारिश्रमिक एक लाख पूर्याएको हो। पुरुषतर्फ ३० जना खेलाडीको ग्रेडिङ गर्दै रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल ए ग्रेडमा परेका छन्।

महिलातर्फ जम्मा तीन खेलाडी मात्रै ग्रेड ए मा परेका छन्। इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर ए ग्रेडमा परेको क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकले बि ग्रेडमा रहेका पुरुष खेलाडीलाई ७० हजार, सी मा रहेकालाई ५५ हजार, डी मा रहेकालाई ३५ हजार र इमर्जिङ क्याटोगरिमा रहेकालाई मासिक २५ हजार दिने निर्णय गरेको छ।

बी ग्रेडमा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा रहेका छन्। सी मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी रहेका छन्। डी मा पवन सर्राफ, सागर ढकाल, अनि साह,विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन्।

इमर्जिङ क्याटोगरीमा दीपेश कंडेल, रुपेश सिंह, रिजन ढकाल, बिपिन खत्री, देर्ब खनाल, अर्जुन घर्ती र हेमन्त धामी रहेका छन्।

महिला टोलीमा रहेका ११ खेलाडीको वर्गीकरण गर्दै क्यानले ए ग्रेडमा रहेकालाई मासिक ५०, बी मा रहेकालाई ३५, सी मा रहेकालाई ३०, डी मा रहेकालाई २५ हजार र इमर्जिङ क्याटोगरीमा रहेकालाई मासिक २० हजार पारिश्रमिक तोकेको छ।

ए मा इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर छिन्। बी मा एक जना कविता कुँवर छिन्। सी मा पूजा महतो र आश्मिन कर्माचार्य छन् भने डी मा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल छिन्।

यसैगरि इमर्जिङ क्याटोगरीमा सोनी पार्खिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन रहेका छन्।

प्रतिक्रिया