काठमाण्डौ – कोरोना महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर जनताकै सेवामा खटिएका चिकित्सक हरुसलाई हौसला प्रदान गर्नु पर्ने ठाउँमा अपमान भइरहेका घटना सार्वजनिक भइरहेका छन् ।
बाँकेको भेरी अस्पतालमा यस्तै घटना भएको छ । बिहीबार एकजना आफन्तको मृत्यु भएको घटनालाई लिएर डाक्टरमाथि आक्रमण भएको छ ।
उनको मृत्यु पछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक भने झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान बचाएको थिए ।
आफन्तहरूले सबैलाई अन्धाधुन्ध आक्रमण गरेका थिए । चिकित्सकहरुले मृतकको ज्यान बचाउने हरसक प्रयास गर्दा पनि नसकिएको चिकित्सकको भनाइ छ ।