पसलेलाई कुटपिट गर्ने प्रहरीमाथि छानबिन हुने,कारबाहीको लागि चौतर्फी दबाव

काठमाण्डौ – हिजो मात्र एउटा भिडियो सामाजिक संजालमा भाइरल बन्यो जुन भिडियोमा एउटा सर्जिकल पसलेलाई प्रहरीले निर्घात कुटपिट गरेका छन् ।

घटना विरगंजको हो । सञ्चालक अफ्रोज अहमदलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रल्हाद कार्कीले कुटेपछि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रहरीको गल्ती भन्दै चौतर्फी आलोचना सहित दोषी माथि कारबाहीको माग उठेको थियो ।

सबै तिरबाट दबाब आएपछि कार्कीमाथि प्रहरी कार्यालयले छानबिन गर्ने भएको छ । भने विभिन्न संस्था ले पनि कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया