आज पनि नेपालमा कोरोनबाट संक्रमित भन्दा निको हुने धेरै

काठमाडौं – नेपालमा क्रमश कोरोना नियन्त्रण मा आउने देखिएको छ ।

बिहीबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार २२६ संक्रमित निको भएका छन् ।

योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख ४२ हजार २५६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६९ सय ५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९३९ जनालाई संक्रमण पुष्टि भएको छ भने १०६ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १६ हजार ४७६ जना संक्रमित आइसोलेसनमा छन् ।

प्रतिक्रिया