काठमाडौं । जनताकै रातदिन उपचारमा खटिने धेरै स्वास्थ्य कर्मीले आफ्नो ज्यान गुमाएका धेरै घटना आइरहेका छन् ।
यसै बीच कोरोना संक्रमणका कारण कञ्चनपुरमा एक जना नर्सको निधन भएको छ । बेदकोट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरिक्षक सरस्वती कार्कीको निधन भएको हो । उहाँ कोरोनाको पहिलो लहरदेखिनै संक्रमितको उपचारमा खटिनभएको थियो ।
कोरोना संक्रमणबाट पुर्व नर्सिङ प्रशासक गीता गुरुङको निधन
एक साताअघि संक्रमण पुष्टि भएपछि उहाँ घरमै आईसोलेसनमा रहनुभएको थियो ।
बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले संक्रमित भई घरमै बस्नुभएकी सरस्वतीलाई स्वास्थ्यमा थप समस्या देखिएपछि महाकाली अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो ।