प्रधानमन्त्री र राष्ट्रपतिले ‘मान्छे मारेको भन्दा पनि ठूलो अपराध’ गरे– संविधानविद् आचार्य

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेको विषयमा संविधानविद् डा. भीमार्जुन आचार्यले कडा टिप्पणी गरेका छन् । यो विषयलाई व्यक्ति हत्यासँग जोडेर आलोचना गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्सँग गरेको छलफलमा विहीवार आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट ‘मान्छे मारेको भन्दा पनि ठूलो अपराध’ गरेको बताएका छन् ।
‘मान्छे मारेको भन्दा ठूलो अपराध हो यो ।

प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो,’ उनले भने, ‘प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन ।’ एउटै कार्यकालमा सबै धाराअनुसार प्रधानमन्त्री हुन नमिल्ने बताए । राजीनामा नगरी, पदुमक्त नभइ फेरि प्रधानमन्त्रीमा दाबी गर्नु र प्रधानमन्त्री नियुक्त हुनु गम्भीर नियतमाथि खोट रहेको उनले टिप्पणी गरे ।

प्रतिक्रिया