काठमाण्डौ । धेरैको अनुमान थियो आज नेप्सेमा ठुलो पहिरो आउनु छ । किन भने मैद्रिक नितिले लद्युवित्तको शेयरमा धेरै ठुलो असर पार्ने छ । साताको अन्तिम दिन नेप्से करिव २ अंकले घटेको छ ।
धेरैको अनुमान विच बजार लगभग त्यहि दिशा तर्फ लाग्यो तर आज कारोबार रकमले भने अहिले सम्मक्रै उच्च विन्दु चुम्न सफल भयो । आज दिनै भरिमा १४ अर्वमाथिको कारोबार भयो । जुन यसघिको भन्दा करिव १ अर्व धेरै हो ।
लद्युवित्तका प्राय सबै शेयर मूल्य घटेकै कारणले खरिदविक्रि पनि अत्यधिक भयो । जसले यो आँकडा छुन सफल भयो ।
आज कारोबार अवधिभरिमा २१५ कम्पनीहरुको शेयर खरिद विक्रि भएको छ । कारोबार भएका मध्य ८५ कम्पनीको मात्र शेयर मूल्य बृद्धि भएको छ भने ९५ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ७ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
आज जलविद्युत बाहेक अरु उपसूचकहरु खाँसै बढ्न सकेनन् भने लद्युवित्तमा सबैभन्दा धेरै पहिरो गयो । शेयर मुल्य घट्नेमा अधिकांस लद्युवित्ततका शेयर रहेका छन । आज अपि पावरको सबैभन्दा धेरै कारोबार भएको छ । आज करिव २ दुर्जन कम्पनी शेयर मूल्यमा सर्किट लेवलमा कारोबार भएको छ ।