आज संक्रमित भन्दा निको हुने धेरै, संक्रमितको संख्या पनि ह्वात्तै घट्यो

काठमाडौं – नेपालमा कोरोना संक्रमित बिस्तारै घट्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६ हजार ७१६ निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जना पीसीआर र ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ६ हजार ७१४ जनामा पोजेटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित काेराेना मुक्त भएका छन् भने १४५ संक्रमितको मृत्यु भएको छ ।

अहिले १ लाख १७ हजार ७७ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ७७५ पुगेको छ भने४ लाख ११ हजार ६०३ निको भएका छन् । देशभ ६ हजार ८४५ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया