रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

काठमाडौं–रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरको छ । आईपीओ निष्ष्कासनको प्रस्ताव आगामि साधारण सभामा लैजाने निर्णय गरेको छ ।

रिलायवल असार ४ गते दिनको १ बजे साधारण सभा बोलाएको हो । साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित भए पछि थप प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

यस्तै साधारण सभाले सञ्चालक नियुक्तिको अनुमोदन गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने र लेखा परिक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणहरु समेत परित गर्नेछ ।

प्रतिक्रिया