इन्स्योरेन्सको साढे ३८ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार शिखर इन्स्योरेन्स कम्पनीको २७.७६९ प्रतिशत बोनस वापत ३८ लाख ४० हजार २०२ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत ९ गते सम्पन्न १५ औं वार्षिक साधारणबाट पारित गरेको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले ३० प्रतिशत हकप्रद पश्चात कायम चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ४५ लाख ३ हजारको आधारमा उक्त बोनस शेयर वितरण गरेको हो ।

बोसन शेयर कर प्रयोजनका लागि कम्पनीले १ दशमलव ४६ प्रतिशत नगद लाभांश पनि दिएको छ । यसर्थ शेयरधनीहरुले बोनस शेयरका लागि कर तिर्नुपर्ने छैन ।

बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपनि मात्र कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया