काठमाण्डौ । निरन्तर उकालो लागिरहेको शेयर बजारमा आज पनि ब्रेक लागेको छ । दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम पनि २ अर्वले घट्न पुगेको छ ।
साताको तेस्रो दिन मंगलबार नेप्से करिव ७ अंकले घटेको छ । त्यस्तै आज कारोबार रकम भने २ अर्वले घटेको छ । सोमबार १३ अर्वमाथि पुगेको कारोबार रकम भने आज घटेर ११ अर्वमा खुम्चिएको छ ।
दिनैभरि उतारचडाव रहेको शेयर बजार बन्द हुने बेला घटेको हो । आज कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
अहिले अबस्था स्टेवल रहेको छ । आशा गरौं उहाँ चाँडै निको हुनुहुने छ । विहान उहाँको स्वास्थ्य अबस्थाको बारेमा कुराभएको थियो । अबस्था सामान्य हुने कुरामा डाक्टरहरु समेत आशावादी रहनु भएको छ ।
कारोवार भएका २१९ कम्पनीहरुमा ७८ कम्पनीहरुको शेयर मूल्य बृद्धि भएको छ भने ९९ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ५ कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।
आज जलविद्युतका लगानीकर्ता मालामाल भएका छन भने वित्त क्षेत्रका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन ।