प्युठान – प्युठानमा एकै परिवारका ३ जनाले आत्महत्या गरेको अबस्थामा शव फेला परेको छ ।
उनीहरुको रुखमा झुण्डिएको अबस्थामा शव फेला परेको हो । उनीहरु आमा,छोरा र छोरी रहेको प्रहरीले जनाएको छ ।
प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार मृत फेला गरेका हुन ।
गायत्रीका श्रीमान राजगारीको शिलशिलामा भारतमा रहेको प्रहरीेले जनाएको छ । प्रहरी शवलाई मुचुल्का उठाएर पोष्टमार्टमको लागि अस्पताल पठाएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।