काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार प्रिओपन सेसनमा नेप्से ५ अंकले बढेको छ ।
आज यो सेसनमा ५२ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । त्यस्तै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
यो सेसनमा आज ६४ लाखको मात्र कारोबार भएको छ । जुन केहि दिन यताकै न्युन कारोबार हो ।
सोमबार पनि सामान्य अंकले बढेर बन्द भएको बजारमा कारोबार भने १३ अर्व माथि पुगेको थियो ।