काठमाडौं–शेयर बजारमा उछाल आइरहेका बेला अर्को एक बीमा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई करिब ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने तयारी गरेको छ ।
कम्पनीले तेस्रो वार्षिक साधारण सभामा साधारण सेयर निष्कासनको प्रस्ताव लैजाने भएको छ । कम्पनीले जेठ ३१ गते वार्षिक साधारणसभा डाकेको छ । सभाले सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि धितोपत्र बोर्डमा स्वीकृति प्राप्त हुने छ ।
कम्पनीले ६० करोड रुपैयाँको सेयर जारी गरे पछि चुक्ता पुँजी २ अर्ब पुग्ने छ ।सभाले सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने छ ।