काठमाणडौ – शेयर बजारमा सोमबार फेरि नयाँ किर्तिमानी बनेको छ ।
यस अघिको १२ अर्वको कारोबारको किर्तिमानी आज १३ अर्व माथि पुगेसँगै तोडिएको हो । आज बजार सामान्य ३ अंकले बढेपनि कारोबार भने आक्रामक भयो ।
२ सय १६ कम्पनीहरुको कारोबार भएकोमा ६४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ सय ९ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
जलविद्युत,बैक र जीवन विमा कम्पनीहरुको बाहेक सबैको सुचकमा आज रातो पोतियो । १३ अर्व ७ करोडको किर्तिमानी कारोबारसँगै बन्द भएको बजारले आज २८ सय २३ विन्दु छुन सफल भयो ।
हिजो बढेको विकास बैक समूह आज नराम्रोसँग घट्यो भने ४ कम्पनीहरुको सर्किट लेवलमा कारोबार भयो । आज १ लाख ३५ हजार ५ सय भन्दा धेरैपटक शेयर खरिदविक्रि भयो भने Hydorelectricity Investment and Development Company Ltd (HIDCL)
को सबैभन्दा धेरै कारोबार भयो ।