भारतमा संक्रमित २ लाख २२ हजारमा झर्यो,निको हुने ३ लाख २ हजार

काठमाण्डौ -दोस्रो चरणको महामारीले थला परेको भारत अहिले भने बिस्तारै तंग्रिन थालेको छ ।

भारतमा केही दिन यता संक्रमण दर र संक्रमित निरन्तर घटिरहेको छन् ।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख २२ हजार जना संक्रमित भएका छन् भने यही अवधिमा निको हुने ३ लाख भन्दा धेरै छन् ।

पछिल्ला केही दिन भारतमा संक्रमित भन्दा निको हुने धेरै हुने गरेका छन् । यसले समग्र सक्रिय सङ्क्रमितको संख्या घटाएर छ । संक्रमित घटे पनि मृत्यु भने कहाली लाग्दो छ । २४ घण्टामा ४ हजार ४ सय भन्दा धेरैले कोरिनाबाट ज्यान गुमाएका छन् ।

अहिले भारतका विभिन्न ठाउँहरूमा लक डाउन गरिएको छ भने अस्पतालहरूमा अक्सिजन र वेड पर्याप्त रहेको त्यहाँका संचार माध्यमहरुले जनाएका छन्। ।

प्रतिक्रिया