काठमाण्डौ – असंमबैधानिक काम गरेको भन्दै पछिल्लो समय प्रधानमन्त्री र राष्ट्रपतिको निकै आलोचना भइरहेको छ ।
यसै विच युवाहरुले प्रधानमन्त्री र राष्ट्रपतिको तस्विरमा गोवर छ्यापेका छन । पाल विद्यार्थी संघका विद्यार्थीहरुले यस्तो काम गरेको आरोपमा प्रहरी केहि युवाहरुलाई पक्राउ पनि गरिसकेको छ ।
राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई गोबर उपहार दिन बानेश्वरमा भेला भएका विद्यार्थी नेता त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो भितामा टास्दै मुखमा गोबर लगाइदिएका थिए ।
मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमविरुद्ध प्रतिकात्मक विरोधस्वरुप राष्ट्पति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउने नेविसंघको कार्यक्रम थियो ।
नेविसंघले त्रिपाठीको रिहाइको जोडदार माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव त्रिमल्सिनाले त्रिपाठीको गिरफ्तारप्रति घोर भत्र्सना गर्दै तत्काल विनाशर्त रिहाइको माग गर्नु भएको छ ।