काठमाण्डौ – पछिल्लो राजनीतिक घटनासँगै यसको असर प्रारम्भीक रुपमा शेयर बजारमा पर्ने देखिएको छ ।
आइतबार प्रिओपन सेसनमा नेप्से १८ अंक भन्दा धेरैले घटेको छ । कारोबार हुने कम्पनी र कारोबार रकम बढे पनि नेप्से भने घटेको हो ।
यो सेसनमा आज १ सय १ कम्पनीहरुको शेयर खरिदविक्री भएकोमा २२ कम्पनीको शेयर मूल्य मात्र बढेको छ भने ४१ कम्पनीको घटेको छ । त्यस्तै ३१ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
तीन करोड भन्दा धेरेको कारोबार हुँदा उपर तामाकोशी जलविद्यतुको शेयर सबैभन्दा धेरै खरिदविक्रि भएको छ ।