• गृहपृष्ठ /
  • समाचार ,
  • Breaking News ,
  • मुख्य खबर ,
  • अन्तर्राष्ट्रिय

प्रेटोलियम पदार्थमा नयाँ मूल्य लागू

काठमाडौंँ - भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । डिजेलको हकमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ । त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ । निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ ।

‘नयाँ मूल्य सूची अनुसार अब पेट्रोलकाे घाटा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा पुगेको छ' निगमका एक अधिकारीले भने । उनका अनुसार डिजेलमा २० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४ सय ५१ रुपैया घाटा नै छ । समग्रमा हेर्दा १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड नोक्सानी पर्ने उनले बताए । निगमले हाल आईओसीलाई पुरानाे करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय