यो हप्ता पनि लगानीकर्ताको लागि सुखद हुन सकेन,बिहीबार पनि नेप्से घटेरै बजार बन्द

काठमाण्डौ । साताको अन्तिम दिन बजार मापक सूचक नेप्से १६ अङ्क भन्दा धेरैले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २६१३ विन्दुमा पुगेको छ । 

नेप्से घटे पनि ३ कम्पनीको शेयर मूल्यमा सर्किट लागको छ भने कारोबार रकम पनि बुधबारको तुलनामा केही बढेको छ । २२४ कम्पनीको ३ अर्ब २४ करोड भन्दा धेरैको शेयर खरिद बिक्री हुँदा ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ साथै बाँकी कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ । 

बीमा समूहको उपसूचक आक्रामक बढेर कारोबार हुँदा अन्य उपसूचक भने घटेका छन । जीवन विकास लघुवित्तको शेयर सबै भन्दा धेरै खरिद बिक्री हुँदा नेपाल टेलिकमको शेयर मूल्य आज पनि घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय