नयाँ आइपीओ सार्वजनिक हुने मिति तय तर सबैले आवेदन दिन नपाउने

काठमाडौं - नयाँ वर्षसँगै नयाँ कम्पनीको आइपीओ धमाधम सार्वजनिक भइरहेका छन् । केही कम्पनीले प्राथमिक शेयर सार्वजनिक गरिसकेका छन् भने केहीले सार्वजनिक गर्ने क्रममा रहेका छन् ।

यसैबीच हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले वैशाख २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित जनताको लागि शेयर निष्कासन गर्न लागेको हो । यो कम्पनीको शेयर सर्वसाधारले भने भर्न पाउने छैन । 

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको थियो । सेबोनले वैशाख ४ गते आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।

कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण सेयर  निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्छन । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा  जेठ ८ गते सम्म र  ढिलोमा जेठ २३ गते आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय