काठमाण्डौ – अहिलेको कोरोना महामारी पहिलोको तुलना अत्यन्तै घातक र धेरै मृत्यु गराउने खालको छ ।
सबै उमेर समूहमा आक्रमक रुपम फैलिएको यो संक्रमणले धेरै चिकित्सकहरूको पनि ज्यान लिइरहेको छ ।
यसै बीच बरिष्ट आँखा रोग विशेषज्ञ पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ ।
नर्भिक अस्पतालमा उपचारको क्रममा उनको बुधबार ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । कार्कीलाई दश दिन अघि कोरोना संक्रमण देखिएको थियो ।
प्रा. डा. कार्की विगत १३ वर्षदेखि किष्टमा आँखा रोग विभागको प्रमुखको रुपमा कार्यरत थिइन् । उनका श्रीमान पनि चिकित्सक हुन् । उनी किस्ट मेडिकल कलेजकी प्राध्यापक पनि हुन ।