सिवाइसी लघुवित्तको आइपीओ बाँडफाँड मिति तय

काठमाडौं - केही समय पहिला आइपीओ निष्कासन गरेको CYC लघुवित्तको शेयर बाँडफाँड गर्ने मिति तय भएको छ । 

लघुवित्तको आइपीओ बिहीबार (वैशाख १५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहीबार (वैशाख १५ गते) बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । 

यता, सीवाईसी लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ३६ हजार ९४८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २२ लाख ४७ हजार ९०० जनाको भने हात खाली हुनेछ । 

यसमा कुल २२ लाख ८४ हजार ८४९ जनाले २ करोड ५७ लाख ६१ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको थियो । यो मध्ये ५% अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय