मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट आज

काठमाडौं - मन्दाकिनी हाइड्रोपावरको आइपीओ आज दिउँसो बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा मंगलबार दिउँसो ४ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री–अलोटमेन्ट आइतबार (साउन १५ गते) सम्पन्न भएको छ ।  

यो कम्पनीको आइपीओमा १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १६.५३ गुणा बढी आवेदन हो । 

कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यो मध्ये ५% अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।  

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय