काठमाण्डौ – चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री ल्याउन सरकारले ढिला गरिरहेका बेला निजी क्षेत्रको सिल्क ट्रान्सपोर्ट ले भने दुर्त मार्गबाट २५ साय अक्सिजन सिलिण्डर नेपाल भित्रिएको छ ।
चीन सरकारले दिएको २० हजार सिलिन्डर मध्य नेपाल सरकारले बल्ल बल्ल १२ सय सिलिण्डर मात्र ल्याउन सकेको बेला निजी क्षेत्रको पहलमा यति ठूलो परिणाममा स्वास्थ्य सामग्री आउनु निकै सुखद रहेको छ ।
उपत्यका जस्तो ठाउँका अस्पतालहरूमा अक्सिजन नपाएर बिरामी छट्पटाउन थालेपछि सरकारको चर्को आलोचना भएको थियो ।
नेपालको भयाभह अवस्था देखेर विभिन्न देशमा रहेका नेपालीहरुले पनि अक्सिजन सिलिण्डर सहयोग स्वरूप नेपाल पठाएका थिए ।
सिल्क ट्रान्सपोर्ट ले दैनिक जसो २ गाडीका दरले स्वास्थ्य सामग्री ल्याउन लागेको समेत जानकारी दिएको छ ।
हिजो नेपाल भित्रिएका स्वास्थ्य सामग्री सरकारको निर्देशन अनुसार विभिन्न अस्पतालहरूमा पठाइएन भएकोे छ ।
दैनिक रुपमा स्वास्थ्य सामग्री आउन थाएपछि साथै अक्सीजन मा कोटा प्रणाली हटेपछि अहिले केही सहज भएको छ तर बिरामीका आफन्तहरूलाई सास जोह गर्ने समस्या भने हटेको छैन ।