बिहानै भूकम्पको धक्का,सर्वसाधारण घर बाहिर निस्के

काठमाण्डौ – बुधबार विहान ५;४५ मा नेपालमा भूकम्पको धक्का महसुस भएको छ । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

गण्डकी र बागमती प्रदेशमा ठूलै धक्का महसुस भएको छ । केही ठाउँमा सर्वसाधाण बाहिर समेत निस्केका थिए । चितवनमा भने बढी हल्लिएको हाम्रा सहकर्मीले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भूकम्पले घरको गारो भत्किएर एक जना वृद्धा घाइते भएको जानकारी आएको छ।

प्रतिक्रिया