नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग(२ प्रतियोगिताको आइतबारको खेलमा नेपाली टोली पराजित भएको छ । नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो । जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९।३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको थियो ।
 जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले ३७।५ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो ।

 

प्रतिक्रिया