काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा मृत्यु र सङ्क्रमण दुवै घटेको छ ।
सोमबार केही डरलाग्दो आंकडा आएपनि आज भने सुधार भएको हो । २४ घण्टामा ६८९१ जना सङ्क्रमण मुक्त भएका छन् ।
हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो ।