बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो कारोबार रकममा पनि सुधार भएन 

काठमाण्डौ । बिहीबार नेप्से परिसूचक २३ अङ्क भन्दा धेरैले घटेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि सुधार आएको छैन । 

आजको गिरावटसँगै समग्र बजार २२५० विन्दुमा आएको छ भने कारोबार रकम १ अर्ब ३० करोड भन्दा माथि पुगेको छ । दिनै भरिमा आज २१९ कम्पनीहरूको शेयर खरिद बिक्री भएको छ । बुधबार नेप्से सामान्य अङ्कले बढे पनि आज भने घटेको हो । 

आज कारोबार भएका अधिकांश उपसूचक रातै भएका छन भने १९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ त्यस्तै कारोबार भएमा मध्य बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ । आज प्रभु बैंकको संस्थापक शेयरको कारोबार सबै भन्दा धेरै भएको छ । 

प्रतिक्रिया